दोस्रो भेलाबाट अध्यक्षमा मनोज महर्जन सहित ९ जनाको कार्य समिति सर्वसम्मत

किसान अधिकार प्रति समर्पित भने मुल नाराका साथ भएको दोस्रो भेलाबाट अध्यक्षमा मनोज महर्जन सहित ९ जनाको कार्य समिति सर्वसम्मत चुनिएका छन् । भेला सानुबाबु थापा मगर ज्यु को अध्यक्षता मा भएको थियो भने महानगरपालीका का मेयर चिरीबाबु महत्जन प्रमुख अतिथि को रुपमा निमन्त्रणा गरिएको थियो, कर्य व्यवस्थताका कारण भने उहाँ उपस्थित हुनु भएको थिएन। कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख नारायण श्रेष्ठ विशेष अतिथि रुपमा भएको कार्यक्रममा हंसरानी सम्बाहाम्फे पशु सेवा तालिम केन्द्र नि. प्र अतिथिको, राष्ट्रिय कृषक समूह महासंघ नेपाल का अध्यक्ष नवराज वस्नेत अतिथी
वासुदेव नाथ भेतनरी अस्पताल ललितपुर अतिथी, विजय लामा राष्ट्रिय कृषक समूह बागमती प्रदेश अतिथी, सिता लामा ललितपुर महानगर कृषि शाखा अतिथि, शंकर सिह ललितपुर महानगर कृर्षि शाखा पशु सेवा शाखा बाट अतिथि पाल्नुभएको थियो । ललितपुर महानगर पालिका का २९ वटै वडा का कृषक समुह हरुको उपस्थित रहेको भेलाबाट अध्यक्षमा मनोज महर्जन अध्यक्ष मा सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यसैगरी उपाध्यक्षमा दुर्गा शाही
सचिव विश्व के.सी.
कोषाध्यक्ष नारायण अछामी
सह सचिव सविना थापा
सदस्य क्रमश: रजनी महर्जन
सानो बाबु थापा
माधब प्रसाद दाहाल र
जानकी बिष्ट चयन हुनु भएका छन् ।