सडकमा सजिएको दृश्य;बाजा धुन र सवारीबीच तालमेल खाएन कि ?

सडक धुलाम्मे सवारी साधन यात्रामा हिंडिरहेका मानिसहरु हर्न बजाउँदै बाटो मागिरहेका छन् जुलुस आधिखोला उर्लेर आयो भन्ने धुनमा अगाडि बढिरहेको छ । हेर्दा पीच नगरी नहुने सडक छ धुलाम्मे, नाकमुख थुनेर हिंड्न बाध्य हुनुपरेको छ सथानीयले बटुवाले ? राजनीति गन्ध वा ठेकेदारको प्राविधिक अपुर्णताले समयमा पीच हुन नसकेको सडक तत्काल पीच हुन आवश्यक देखिन्छ ।पानी पर्दा भनौं या बर्खामासमा आँधीखोला उर्लेर होइन; हिलोबाटो चिप्लेर आयो..?भन्नु पर्ने अवस्था सडकको छ । टिकाथलीमा रहेको यो सडक समयमा पीच हुन नसकेको स्थानीयको पनि गुनासो छ । केही दिन अघि मात्र एक कार चालकले कार एक्कासी सडकमा रोके ।पछाडिबाट एक युवती स्कुटीमा बच्चा बोकेर आउँदै थिइन् बङलङ्ग गुल्टी खेलिन् । सडक कच्ची छ पीच भएको भए हिलाम्मे र धुलाम्मे हुँदैनथ्यो अनि दुर्घटनाको जोखिम पनि कम हुन्थ्यो होला ।यो दृश्यकथा हो महालक्ष्मी नगरपालिका वडा नं ५ अन्तर्गत रहेको सडकको ? केही वर्षदेखि यो सडक पीच हुन्छ हुन्छ भन्दा भन्दै ०८० सालमा पीच हुने सम्भावना न्युन छ । समयमै वडा नं ५ का जनताले पीच भएको हेर्न पाउन, हिलाम्मे र धुलाम्मे सडकमा कति धुलो खाएर स्थानीयहरु बस्नु के ?सडक पीच होस सबैको अपेक्षा र आशा ? बाजा बजाएर राजनीति होइन विकास गरौं ? शुभकामना।
आलेख (न्युजकिरण डटकम संवाददाता)
यस्तो छ बाजा धुन सहितको सडकमा देखिएको दृश्य