हाइ भ्यु बोर्डिङ स्कूल बुटिक स्कुल बन्दै, सीमित कोटामा नयाँ भर्ना (भिडियो सहित )

ललितपुरको सानागाउँ नजिकै टिकाथलीमा रहेको हाइ भ्यु बोर्डिङ स्कूलले नयाँ भर्ना खुलाएको छ ।विद्यालयकी शिक्षिका
शुशिला विष्टका अनुसार सबै तहमा कोटाबन्दी रुपमा भर्ना खुलाएको हो । विष्टले स्वच्छ र स्वतन्त्र वातावरणमा पढाइ हुने महालक्ष्मी नगरपालिका वडा नं ५ मा रहेको हाइ भ्यु स्कुलमा विद्यार्थीहरु रमाउँदै खेल्दै पढ्ने गरेको बताइन् । पढ्नका लागि उपयुक्त वातावरण रहेको महालक्ष्मी नगरपालिकाको एक मात्र विद्यालय हाइभ्यु रहेको स्थानीय शिक्षक सन्जय केसी बताउँछन् । थोरै विद्यार्थी र ट्युशन स्टाइलमा पढाइ हुने ललितपुर जिल्लाको एक मात्र उत्कृष्ट विद्यालय हाइभ्यु रहेको स्थानीय कालीमाया महर्जनले बताइन् ।त्यसो त आसपास रहेका सरकारी वा बोर्डिङ स्कुल मध्येमा स्थानीयहरुको बुझाइमा हाइभ्यु स्कुल नै उच्च स्तरीय शिक्षा दिने स्कुल हो ।

नयाँ शैक्षिक सत्रमा भर्ना पनि निश्चित कोटा तय गरेर खुलाइएकोले सबै शिक्षाप्रेमी तथा अभिभावकका आफ्ना नानी बाबुको भर्ना ठिक समयमा गराउन हाइभ्यु विद्यालयले आग्रह गरेको छ । हाल हाइ भ्यु बोर्डिङमा रोवर्टिस्,उस्सु,डान्स,
म्युजिक,भाषा,साहित्य कलाका अलावा व्यवहारिक ज्ञान सीप दक्षता अभिवृद्धि लागि राम्रो प्राङ्गण स्थलको रुपमा चिनिएको छ । हाइभ्यु बोर्डिङ स्कुल अरु बोर्डिङ स्कूलभन्दा फरक साथै नमुना बुटिक स्कुलको रुपमा महालक्ष्मी नगरपालिका भरि चिनिदै गरेको प्रधानाध्यापक सुन्दर श्रेष्ठले बताउनुभयो ।