ललितपुर इष्टुको अध्यक्षमा नारायण चालिसे चयन भएका छन् । बुधबार सातदोबाटोमा भएको जिल्ला अधिवेशनबाट अध्यक्षमा चालिसे चयन भएका हुन् । २०८१ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर गरिएको जिल्ला अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा विष्णु आले निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा पूर्णिमा तामाङ र कर्मचारी तर्फबाट श्रीकृष्ण श्रेष्ठ उपाध्यक्ष बनेका छन् ।सचिवमा पुरुषोत्तम खनाल र कोषाध्यक्षमा सञ्जय शाह चयन भएका छन् । सहसचिव मा दिनेश श्रेष्ठ, सदस्यमा अनिल प्रसाद भुसाल र युवराज श्रेष्ठ चयन भएका हुन्। राष्ट्रिय समितिका अध्यक्ष होमकुमार थापा, वरिष्ठ उपाध्यक्ष देवीदत्त पौडेल , उपाध्यक्ष भवानी पराजुली, कावा महासचिव भूपाल उप्रेती, अर्थ उपमहासचिव इन्दिरा धमलाको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो । अधिवेशन सकिए लगत्तै बसेको बैठकले संगठन बिस्तार तथा सदस्यता नविकरण कार्य अघि बढाउने र हालै निर्वाचित प्याब्सनका पदाधिकारीसँग भेटवार्ता गर्ने निर्णय गरेको छ।
नवनिर्वाचित पदाधिकारीहरू
——————————–
अध्यक्ष : नारायण चालिसे
वरिष्ट उपाध्यक्ष : विष्णु आले
उपाध्यक्ष : श्रीकृष्ण श्रेष्ठ
म. उपाध्यक्ष : पुर्णिमा तामाङ
सचिव : पुरुषोत्तम खनाल
कोषाध्यक्ष : सञ्जय साह
सहसचिव : दिनेश श्रेष्ठ
सदस्य : अनिलप्रसाद भुसाल
सदस्य : युवराज श्रेष्ठ
———————————-
नवनिर्वाचित सम्पूर्ण साथीहरूलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना अध्यक्ष होम कुमार थापाले दिएका थिए ।
ललितपुर इष्टुको अधिवेशन बुधबार सातदोबाटोमा सम्पन्न, वरिष्ट उपाध्यक्षमा विष्णु आले
