ललितपुर प्याब्सनले स्मार्ट ग्रुपबाट सिकाई सहजीकरण थालेको छ । त्यसका लागि शनिबार ललितपुरको एआइटियम कलेजमा विषयगत तालिम समेत सञ्चालन गरेको छ । १२ वटा विद्यालय मिलेर खोलिएको स्मार्ट ग्रुपबाट पाठ्यक्रम र विषयगत तालिम संचालन भएको ललितपुर प्याब्सनले जनाएको छ । ललितपुर प्याब्सनका सचिव सुन्दर श्रेष्ठका अनुसार तालिममा करीब ३,४ सय शिक्षक शिक्षिकाहरुको उपस्थितिमा तालिम संचालन भएको हो । विभिन्न विषय विज्ञहरुको सहजीकरणमा संचालन भएको सो तालिममा शिक्षा तथा समन्वय इकाई प्रमुख निमप्रकाश सिंह राठोरले शुभकामना मन्तव्य राख्नु भएको थियो । ५ घन्टे तालिममा सहभागीहरुलाई प्रमुख राठौरको प्रमाणपत्र प्रदान गरिएको थियो । स्मार्ट ग्रुपमा आवद्ध विद्यालयले आफ्ना शिक्षक शिक्षिकाहरुको दक्षता अभिवृद्धिका लागि अभिमुखीकरण तालिम सञ्चालन भएको स्मार्ट ग्रुपका अध्यक्ष रविन शर्माले बताए । ललितपुर प्याब्सनका सचिव सुन्दर श्रेष्ठले स्मार्ट ग्रुप मातहतका विद्यालयका विद्यार्थीहरुलाई एकै किसिमको परीक्षा प्रणाली लागू गरिएको छ ।
सम्बन्धित समाचार
नेपालमा तीन दिन भारी वर्षा हुने
- Bishnu Ale
- १० आश्विन २०८१, बिहीबार २३:२१
- 0
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारी वर्षा हुने अनुमान […]
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि स्नातकोत्तर र विद्यावारिधि तहको शैक्षिक योग्यता भई विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको हुनुपर्ने उल्लेख
- Bishnu Ale
- २० पुष २०८०, शुक्रबार २०:१४
- 0
त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न दरखास्त आह्वान गरेको छ। त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका […]
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले गरे महायज्ञ उदघाटन
- Bishnu Ale
- २१ भाद्र २०८०, बिहीबार ०७:३३
- 0
ललितपुर । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले मामामघर अनाथालय सञ्चालनका लागि […]