४ जेठ २०८० काठमाडौं । इष्टु राष्ट्रिय समितिले श्रम तथा रोजगार मन्त्री शरदसिंह भन्डारीलाई बधाई दिएको छ । बधाईसँगै निजी विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरुको ५ बुँदै समस्या पत्र पनि बुझाएको छ । बिहीबार सिंह दरबार स्थित मन्त्रालयमा करीब ३ घन्टा कुरेर सो संगठनले समस्या पत्र बुझाएको हो ।
समस्या पत्रमा शिक्षकशिक्षिकाको रोजगारी ग्यारेन्टी गरिनुपर्ने,काममा लगाएकै दिनबाट नियुक्ति पत्र दिनुपर्ने, सरकारी स्केल सोसरह बोर्डिङ स्कुलमा तलब हुनुपर्ने,योगदानमा आधारित सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने लगायत समस्या पत्रमा माग राखिएका छन् । बधाई तथा समस्या पत्र बुझेपछि मन्त्रीज्यूले सकारात्मक प्रतिक्रिया दिनुभएको इष्टु राष्ट्रिय समितिका अध्यक्ष होमकुमार थापाले न्युजकिरण डटकम अनलाइन खबरलाई जानकारी दिनुभयो ।
समस्या पत्र इष्टुका संगठन विभाग प्रमुख देवीदत्त पौडेलले पढेर सुनाउनु भएको थियो । करीब २:३० बजे भेट्ने समय मिलाइएको भएपनि मन्त्रीज्यूको व्यस्तताका कारण केही ढिलो भएपनि सकारात्मक भेट दिनुभएको इष्टु राष्ट्रिय समिति सदस्य तथा वाग्मती प्रदेश उपाध्यक्ष विष्णु आलेले जानकारी दिनुभयो ।लकडाउपछि निजी विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरुको समस्याले केही संकटा व्यहोर्नु परेपनि फाट्टफुट्ट समस्या भने हल हुँदै गएको महसुस हुन थालेको छ ।