आन्दोलनरत शिक्षक र कर्मचारीहरु प्रति प्रहरीले गरेको निर्ममता पूर्वकको दमन प्रति यस जिल्ला समिति गहिरो दुःखका साथ खेद प्रकट गर्दछ : देबेन्द्र महर्जन (कावा अध्यक्ष ललितपुर शिक्षक महासंघ)

नेपाल शिक्षक महासंघ ललितपुरले शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षकहरुमाथि गृह प्रशासनले अधिकारको समेत हनन् गरेर, आन्दोलनरत शिक्षक र कर्मचारीहरु प्रति गरेको निर्ममता पूर्वकको दमन प्रति यस जिल्ला समिति गहिरो दुःखका साथ खेद प्रकट गरेको छ ।
ललितपुर शिक्षक महासंघबाट शिक्षा तथा समन्वय इकाइ प्रमुखलाई पत्र दिंदै
ललितपुर इकाइ अध्यक्षलाई पत्र दिदैं
नेपाल शिक्षक महासंघ र नेपाल सरकार बीच विगतमा भएका ३० बुँदे र ५१ बुँदे मागहरु संबोधन नहुँदा सम्म शिक्षक / विद्यालय कर्मचारीहरुको यो आन्दोलन नरोकिने प्रतिवद्धताका साथ गत असोज ३ गते देखी सुरु भएको आन्दोलन गत २०८० असोज ५ गते नेपाल सरकार र शिक्षक महासंघसंग वार्ता भई ७ बुँदे सहमति गरि वार्तावाट नै समस्याको समाधना खोज्ने अठोटका साथ शिक्षक महासंघले आन्दोलनका कार्यक्रमलाई तत्कालका लागि स्थगित गरिएको थियो ।
शिक्षा विधेयकको विरोधमा बानेश्वर सडकमा प्रदर्शन गर्दै
ललितपुर शिक्षक महासंघ कावा अध्यक्ष सहित टोली

तथापी उक्त सम्झौतामा आफ्ना न्यायोचित मागहरु सम्बोधन नगरिएको भनि पेसागत स्थायित्वको माग राख्दै नेपाल राहत शिक्षक केन्द्रीय समिति, नेपाल बालविकास शिक्षक केन्द्रीय समिति, पेन्सन बन्चित शिक्षक केन्द्रीय संघर्ष समिति, हिस्टुन र सामुदायिक विद्यालय कर्मचारी संघले शान्ति पूर्ण आन्दोलनलाई निरन्तरता दिदै आएका थिए ।२०८० असोज १० गते नेपाल सरकारको गृह प्रशासनले माइतीघरमा शिक्षक शिक्षिका माथि गरेको हस्तक्षेपको महासंघले बिरोध जनाएको हो । प्रहरी हस्तक्षेपमा करीब छ जना घाइते भएर उपचार गरिरहेका छन् ।सबैको शीघ्र स्वास्थ्य लाभको कामना सहित महासंघले सो घटनाको बिरोध गरेको हो ।