विद्याकी देवी सरस्वतीलाई आज देेशभर विद्यार्थीहरुले पुजा आराधना गरी मनाएका छन् । साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी लगायतले आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गरी मनाएका हुन्।धनकीदेवी लक्ष्मी हुन भने ज्ञानकी देवी सरस्वती हुन् । तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा सरस्वतीलाई मान्ने गरेका छन् ।
आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने नेपाली जनविश्वास रहेको छ। सरस्वती पुजाको दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्नका लागि पनि साइत हेर्नुनपर्ने मान्यता छ। बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि आजको दिनलाई शुभ मानिन्छ। यसपटक सरस्वती पुजा बुधबार परेको छ ।
काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गरेको छ।