माघ महिनामा नै दुईपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि

नेपाल आयल निगमले माघ महिनामा नै दुईपटक मूल्य वृद्धि गरेको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको जनाउँदै निगमले फेरि मूल्य वृद्धि गरेको हो । निगमले शुक्रबार राति १२ बजेपछि लागू हुनेगरी मूल्य पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा ४/४ रुपैयाँ बढाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैया, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६०/१६० रुपैँया पुगेको हो । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैँया बढेको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४३ अमेरिकी डलरले बढाइएको छ । यस अघि निगमले माघ २ गते राति १२ बजेपछि बाट लागू हुनेगरी पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा ३/३ रुपैयाँ बढाएको थियो ।