सरकारले सामाजिक सञ्जाल विधेयक संसदमा दर्ता गराएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सो विधेयक राष्ट्रिय सभामा दर्ता गराएका हुन् । सामाजिक सञ्जालमा फेक आईडी, पेज वा समूह बनाएर कसैको विषयमा भ्रामक सूचना सम्प्रेषण गरेमा कैद र सजाय हुने प्रस्तावसहितको विधेयक ल्याइएको हो ।

विधेयकमा सामाजिक सञ्जालमा बेनामी वा छद्मभेषी पहिचान बनाउन वा प्रयोग गर्न नहुने व्यवस्था रहेको छ । फेक अकाउन्ट, पेज वा समूह बनाएर गलत वा भ्रामक सूचना सम्प्रेषण गरिए थप कारबाहीको व्यवस्था गरिएको छ । कसूर गर्नेलाई प्रचलित कानून बमोजिम सजाय हुनेमा सोही बमोजिम र प्रचलित कानुनमा सजाय उल्लेख छ भने पाँच वर्षसम्म कैद वा १५ लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने उल्लेख छ । अहिले सामाजिक सञ्जालमा जोडिएर गालीगलौज गर्ने र अरुको आइडी ह्याक गर्नेहरुको संख्या बढेको कम्युटर विज्ञ मनि श्रेष्ठ बताउँछन्।