एमालेले रामेछाप तिर प्रशिक्षण दिँदै, प्रशिक्षक अशोक र प्रकाश

नेकपा एमालेले रामेछापको मन्थली नगर–काठमाडौ सम्पर्क मञ्च गठन गरी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

प्राप्त जानकारी अनुसार नगर सम्पर्क मञ्चका अध्यक्ष अरुणप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर सम्पर्क मञ्चका पदाधिकारी तथा सदस्य र वडा सम्पर्क मञ्चका अध्यक्षहरुको सहभागिताले सम्पन्न गरेको हो । नेकपा एमाले वाग्मती प्रदेश सम्पर्क कमिटी अध्यक्ष समेत रहेका अशोककुमार ठकुरी र उपत्यका विशेष प्रदेश कमिटी सदस्य तथा स्कुल विभागका प्रकाशकुमार श्रेष्ठद्वयले सहभागीहरुलाई प्रशिक्षण दिएको अधिकारीले बताए ।

मन्थली नगर प्रमुख लब श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य एवं नेकपा एमाले रामेछाप जिल्ला कमिटी सदस्य सोनु रोक्का, राष्ट्रिय युवा संघ मन्थली -२ का वडाध्यक्ष अध्यक्ष सुरेन्द्रबहादुर कार्की, वाग्मती प्रदेश सम्पर्क कमिटी सचिवालय सदस्य तथा मन्थली सम्पर्क मञ्चका इञ्चार्ज राजेन्द्र श्रेष्ठ बाग्मती प्रदेश सम्पर्क कमिटी सदस्य नारायणबाबु कार्की, जिल्ला कमिटी सदस्य अमित कार्की, नेकपा एमाले रामेछाप काठमाडौ सम्पर्क मञ्चकी उपाध्यक्ष अम्बिका भण्डारी बोहरा लगायतको पनि सो कार्यकममा सहभागी थिए ।