जुम्ला। बेपत्ता भएको १६ दिनपछि नन्दबक्स ब्यारेकमा कार्यरत नेपाली सेनाका सेनानी (मेजर)विमल पण्डितको भेरी नदीमा शव फेला परेको छ। मंगलबार डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत पन्डितको भेरी नदीको किनारामा मृत शब फेला परेको हो।
उनी नन्द बक्स ब्यारेकका सेनाका सेनानी(मेजर)थिए ।
त्रिपुरासुन्दरी नगरपालिका-५ मा पर्ने करबगाडस्थित चिन्ढेबगर नजिक भेरी नदीमा माछा मार्न जाल खेल्दै जाने क्रममा बिहान ६ बजेतिरर सोही गाउँका परिमल भनिने सिबमल सार्कीले चिण्ढेबगरस्थित किनारमा शव देखेपछि खदाङ्गस्थित प्रहरी चौकीमा खवर गरेका थिए।
दुई ओटा ढुङ्गाको खोल्सामा ठूलो ज्यान भएको बाँया हातमा घडि र दायाँ हातको कान्छी औलामा औठी देखेपछि आफूले बेपत्ता मेजर हुनकि भनेर जाल खेल्न छाडेर चौकीमा पुगेर खबर गरे ।
सार्कीले खबर गर्ने बित्तिकै खदाङ्ग प्रहरीले जिल्ला प्रहरी कार्यालयमा खबर गरेको थियो। प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीको कमाण्डमा उद्धार सामग्री सहित नेपाली सेनाका मेजर रवि शाहको टोली शव फेला परेको चिण्ढेबगरमा पुगेका थिए ।
भेरी नदीको किनारमा ढुङ्गाको खोचमा रहेको शव बाहिर निकालेर हेर्दा घडि औठीबाट शव पुष्टि भएको बुढाथोकीले बताए। फेला परेको शवको मुचुल्का उठाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल दुनैमा लगिने तयारी रहेको उनले बताए। काठमाण्डौस्थित कागेश्वरी मनोहरा नगरपालिका डाँछी घरभई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपरान्ह ४ बजेबाट बेपत्ता थिए ।उनको खोजी कार्य भने जारी रहेको थियो ।