आजबाट सकियो दशैं,जमरा सेलाइयो

यस वर्षको बडादशैं पर्व समापन भएको छ । धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रीमा जाग्राम बसेर गरिएको पूजाआजा पछि दशैं सकिएको हो ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमामा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाउने गरिन्छ ।
१५ दिन लामो बडादशैंपर्व सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइ मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त भएको छ । नजिकको खोला तलाउ तथा शुद्वस्थलमा जमरा बिर्सजन(सेलाउने) गरिएको छ।जमरा विसर्जन नगरिएसम्म टीका लगाउने चलन छ ।