रुबिना सिँहको कुखुरा र हाँसको सहकार्य

शनिबारको दिन थियो, कुखुराका बच्चाहरू ओत लागेर कराइ- रहेका थिए। कुखुरो आफ्ना चल्लाहरुको साथमा चारो खोज्न लाग्यो। त्यसले बिच बाटोमा हाँसलाई देख्यो । हाँस पनि आफ्ना टिउराहरूको साथमा चारो खोज्न गएको रहेछ। कुखुराले हाँसलाई बोलायो र सोध्यो “कता जान लागेकी बहिनी” हाँसले भनी “बच्चाहरू भोकाएका छन् त्यसैले चारो खोज्न हिँडेको ? कुखुराले भन्यो म पनि चारो खोज्न हिँडेकी सँगै जाउँ न चारो खोज्न ? हाँसले हुन्छ दिदी भनी! दुवै कुरा गर्दै चारो खोज्न हिंडे । तिनीहरु खोलाको किनारा गएर आइपुग्दा पनि चारो भेटाएनन् । हाँसले भनी दिदी खोला वारि खानलाई चारो छैन जस्तो छ हामी खोला पारि गएर चारा खोजौं ? हाँसको कुरा सुनेर कुखुराले भन्यो, “हुन त हुन्छ तर म खोला पारि जान सक्दिन । हाँसले भनी किन दिदी । कुखुराले भन्यो तिमी यो पानीमा पौडिन सक्छौं तर म पानीमा पौडिन सक्दिन।”
कुखुराको यस्तो कुरा सुनेर हाँस आफ्नो विचारमा डुब्न थाल्यो । हाँसले विचार गर्न थाल्यो कि यो समस्याको समाधान कसरी गर्न सकिन्छ? दुवैजना एकअर्कासँग छलफल गर्न थाले ।

एकछिन पछि हाँसले भन्यो, ‘म तपाईलाई मेरो पिठ्युँमा राखेर खोला पारि लैजान्छु र मेरा बच्चाहरूले तपाईंका बच्चाहरुलाई आफ्ना पिठ्युँमा राखेर खोला पारि पुर्याउँछन् हुन्न ?कुखुराले सहमति जनाउदै हुन्छ हुन्छ भन्यो । त्यसपछि हाँसका टिउराहरूले कुखुराका चल्लाहरुलाई आफ्ना पिठ्युँमा राखे र हाँसले चाहिं कुखुरालाई आफ्नो पिठ्युँमा राख्यो । बिस्तारै तिनीहरु खोला पारि पुगे। खोला पारि पुगेपछि टन्न चारो खाए र पहिलाको जस्तै गरि खोला वारि आए। कुखुराले हाँसलाई सहयोग गरेकामा धन्यवाद दियो । यसरी सहकार्य गरेमा हरेक कामले सफलता प्रदान गर्दछ भन्ने सन्देश यस कथाबाट पाउन सकिन्छ ।
-रुबिना सिंह