सातदोबाटोमा ट्राफिक जाम बढेसँगै वैकल्पिक ग्वार्को सडकमा बन्न थालेको फ्लाई ओभर अझै पूरा बनेको छैन् । इमाडोल, सिद्धिपुर लुभु,चाङ्गाथली,बिसुन्डोलका सवारी यातायात ग्वार्को सडक भएर चल्ने गरेका छन् ।लगभग फ्लाई ओभर बनिसक्यो भन्दै हल्ला चुटेपनि ग्वार्को सडक चोकमा बन्दै गरेको फ्लाई ओभर अझै पूरा नबनेको हो । सडक लथालिङ्ग अवस्थामा देख्न सकिन्छ ।साना बालबालिकाहरुको चङ्गा उडाउने स्थल बन्दै गएको एक स्थानीयले बताए ।सडक बिस्तार धमाधम भइरहेको उनले बताए । पुल्चोक र लगनखेलतिर लाग्ने सडक पनि साँघुरो भएको उनको तर्क थियो । फ्लाई ओभर बन्दा सवारी यातायात ग्वार्को सडकमा जाम नहुने एक ट्याम्पो चालक बताउँछन् ।
हालै न्युजकिरण डटकम संवाददाताले खिचेको दृश्य भने यस्तो रहेको छ ।
अझै बनेन ग्वार्को चोकमा फ्लाई ओभर,सडक बिस्तार धमाधम
