राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादी समूहले गरे मोटरसाइकल र्‍याली

राष्ट्र र राष्ट्रियता जोगाउने नारा सहित राजावादी समूहले राजसंस्था पुनःस्थापनाको माग गर्दै मोटरसाइकल र्‍याली गरेका छन् ।

शनिबार अनवरत तत्पर फौज (एटिएफ) लगायत ती समूहले राजसंस्था पुनःस्थापनाको निमित्त मोटरसाइकल र्‍याली गरेका हुन् ।

उनीहरुले अहिलेको देशको अवस्थालाई राजाले मात्रै समाधान गर्नसक्ने बताए । उनीहरुले राजसंस्था अहिलेको अपरिहार्य भएको भन्दै देशमा राजसंस्था पुनः स्थापना हुनुपर्ने माग गरेका छन्

अहिले राष्ट्रिय हित, शान्ति, सम्मुन्नति र राष्ट्रिय एकता अखण्डताका आधारहरु क्रमशः कमजोर बन्दै गएकाले राजसंस्था पुनः स्थापना हुनुपर्ने उनीहरुको भनाइ छ ।