बिजयादशमीको टीका साइत कार्तिक ७ गते बिहान११ बजेर २ मिनेट जाँदा

यस वर्षको बिजयादशमीको टीका साइत कार्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको छ ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाए अनुसार त्यस दिन बिहान १० बजेर ३७ बजे देवी बिसर्जन गरी ११ः२ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन उत्तम साइत रहेको छ ।

टीका लगाउँदा पूर्वी मोहडा गरेर लगाउनुपर्ने पनि समितिले उल्लेख गरेको छ । बिजयादशमीका दिन दिनभर टीका लगाउन सकिने छ । साइतमा टीका लगाउन चाहनेका लागि मात्र यो साइत दिइएको समितिले जनाएको छ ।

२०८० सालको बडादशैसँग सम्बन्धित साइतहरू
यस प्रकार छन्:-

१) वि.सं. २०८० साल असोज २८ गते आइतबार नवरात्रारम्भ, घटस्थापना बिहान ११।२९ बजे (यो दिन चित्रा नक्षत्र र वैधृति योग समेत परेकोले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिन्छ )

२) वि.सं. २०८० साल असोज २९ गते सोमबार- झण्डा फेर्ने, बिहान १०।१९ बजे (पश्चिम मोहडा)

३) वि.सं. २०८० साल कार्तिक २ गते बिहिबार – श्री पचलीभैरव यात्रा ।

४) वि.सं. २०८० साल कार्तिक ४ गते शनिबार- फूलपाती, श्री तुलजाभवानी यात्रा, बिहान ८।२४ बजे

५) वि.सं. २०८० साल कार्तिक ५ गते आइतबार – महाष्टमी, कालरात्रि

६) वि.सं. २०८० साल कार्तिक ६ गते सोमबार- महानवमी स्थिरासन, बिहान ९।३५ बजे

७) वि.सं. २०८० साल कार्तिक ७ गते मङ्गलबार- विजया दशमी, देवी विसर्जन, बिहान १०।३७ बजे टीका बिहान ११।२ बजे (पश्चिम मोहडा)
श्री तुलजाभवानी यात्रा, बिहान ९।२ बजे स्थिरासन बिहान १०।३ बजे, खड्गयात्रा ।

८) वि.सं. २०८० साल कार्तिक १० गते शुक्रबार – अखिलबलिपूर्ति ।

९) वि.सं. २०८० साल कार्तिक ११ गते, शनिबार- कोजाग्रतव्रत ।