काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले घरको छतमा बसेर चंगा उडाएको भिडियो सार्बजनिक गरेका छन् ।
नवरात्रको बिहानै बालेन शाहले घर परिवारका सदस्यहरुसंग चंगा उडाएर रमाइलो गरेको भिडियो सार्वजनिक गरेका हुन् ।
बालेन शाहले सिनामंगलमा रहेको आफ्नै घरमा चंगा उडाएको उनको सचिवालयले जनाएको छ । सामाजिक सञ्जालमा भने बालेनले एक अर्को ब्यक्तिसंग चंगा उडाएर प्रतिस्पर्धा गरेर रमाएको भिडियोमा देख्न सकिन्छ । उनले चंगा उडाएको स्थान खासै चिनिन्न। ।
दशैको आगमनसंगै चंगा उडाउने चलन हराउदै गएको समयमा बालेन शाहले चंगा उडाएको भिडियो सार्वजनिक गरेपछि उनको अहिले धेरैले प्रसंसा गरिरहेका छन् ।
दशैको आगमनसंग चंगा उडाउने परम्परा हराउदै गएको समयमा संस्कृति जोगाउनु पर्छ भन्ने सन्देश दिनका लागी बालेनले चंगा उडाएको बताइएको छ ।
धार्मिक मान्यताअनुसार दशैंमा चंगा उडाउनुको प्रमुख कारण अन्नबालीका लागि आवश्यक पानी र वर्षा पुग्यो भन्ने सन्देश भगवान् इन्द्रकोमा पुप्याउनु हो । आकाशमा चङ्गा नउडेसम्म दशैं आएको अनुभव नहुने र चहलपहल प्रारम्भ नहुने पुरानो मान्यता पनि छ ।
तर, पछिल्ला केही वर्षदेखि चंगा उडाउने संस्कृति र चलन हराउँदै जान थालेको छ । यस वर्षको दशैं आईसकेको छ । यद्यपि, खुला आकाशमा रङ्गमय चङगा उडेको अधिंकाशले हेर्न पाएका छैनन् ।
विभिन्न जातजाती, धर्म, संस्कृति र रिति रिवाज जोगाउन बालेन लागी परेका छन् ।