कुन देशमा कति वर्षमा यौन सम्बन्ध सहमतिको उमेर र कुन देशमा विवाह अघि यौन प्रतिबन्ध जानीराखौँ ?

विश्‍वभरका विभिन्‍न मुलुकहरुको यौन सम्बन्धको सहमतिको उमेर हेर्दा औसत १६ देखिन्छ। भारतमा सहमतिको उमेर १८ वर्ष बनाइएको छ भने कैयौं मुलुकमा १३ वर्ष रहेको छ।


त्यसैगरी नेपालमा पनि १८ वर्षभन्दा कम उमेरकी किशोरीसँग यौन सम्बन्ध बनाइयो भने त्यसलाई अपराध मान्‍ने गरिएको छ। जापानमा सहमतिमा हुने यौन सम्बन्धको न्यूनतम उमेर १३ वर्ष रहेको थियो। पछिल्लो समय उक्त उमेर बढाएर १६ वर्ष बनाइएको छ।


युरोपेली मुलुक जर्मनी र नेपालको उत्तरी छिमेकी मुलुक चीनमा सहमतिमा हुने यौन सम्बन्धको न्यूनतम उमेर १४ वर्ष रहेको छ। मुस्लिम बाहुल्य मुलुक साउदी अरब, यमन, इरान र पाकिस्तानमा विवाहभन्दा पहिले हुने यौन सम्बन्धलाई नै अपराध मानिएको छ।

सहमतिमा पनि विवाहअघि यौन सम्बन्ध भएको अवस्थामा त्यसलाई अपराध मानिएको छ। विवाहअघि सहमतिमै यौन सम्बन्ध भए पनि त्यसविरुद्ध कडा सजायको प्रावधान रहेको छ।

फाइल तस्बिर