पछिल्लो समय फिल्म विधेयकको बिषयलाई लिएर फिल्म सम्बद्व संघ सस्थाले चलचित्र बिकास बोर्डको सबै कार्यक्रम बहिस्कार गर्ने घोषणा गरेको छ ।
शुक्रबार निर्माता संघ, चलचित्र संघ, कलाकार संघ, निर्देशक समाज, प्राविधिक संघ, आदिवासी फिल्मकर्मी महासंघलगायत चलचित्र सम्बन्धि ९ वटा संघ सस्थाहरुको सामुहिक बैठक बसेको थियो । बैठकले चलचित्र बिकास बोर्डले सरोकारवाला संघ सस्थालाई खबर र छलफल नै नगरी फिल्म विधेयक तयार गरी सुझाव माग गर्दै बोर्डको वेभ साइटमा राखेको भन्दै आपत्ति जनाएको छ ।
सरोकारवाला संघ सस्थाहरुको सहमती बिना फिल्म बिधेयक अगाडी नबढाउन अनुरोध गर्दै संघसस्थाले चलचित्र बिकास बोर्ड र संचार तथा सुचना प्रविधि मन्त्रालयमा पत्र बुझाएको छ ।
यस अघि फिल्म सम्बन्धि संघ संस्थाले ड्राफ्ट गरी बोर्डसँग सहमति गरेको विधेयक लुकाएर बोर्डले फिल्म उध्योग र संघीयताको मर्म विपरित गोप्य रुपमा विधेयक ड्राफ्ट गरी अगाडि बढाएको आरोप लगाएको छ ।
सुक्रवार संचारमन्त्री रेखा शर्मालाई पत्र बुझाउँदै सबै संघ संस्थाले सहमतिमा विधेयकको ड्राफ्ट वा सुझाव पठाईसकेपछी मात्र मन्त्रालयमा पेश गर्न माग गर्दै त्यस अघिका बोर्डका सबै कार्यक्रम बहिस्कार गर्ने ८ सस्थाले निर्णय गरेको हो ।
नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का र नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले कुनै पनि सस्था र फिल्मकर्मी फिल्म विधेयकमा सहमति नभएसम्म बोर्डको कार्यक्रममा सहभागी नहुने बताएका छन् ।
सबै संघसस्थाले अर्को शनिवारसम्म फिल्म विधेयक अध्ययन गरी सुझाव र स्पष्टिकरणसहित चलचित्र बिकास बोर्ड र मन्त्रालयमा पेश गर्ने तयारी गरेको छ । फिल्मी फन्डाले यो खबरलाई प्रकाशित गरेको छ ।