सर्वसाधारण आवागमनको लागि टीकाको दिन नि:शुल्क बस सेवा सञ्चालन

प्रहरी प्रधान कार्यालयले टीका ग्रहण गर्न जाने सर्वसाधारणको सुविधा तथा सहज आवागमनको लागि नि:शुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । बिजया दशमीको दिन कार्तिक ७ गते उपत्यकाको २ वटा रुटमा बिहान र अपरान्ह गरी दुई चरणमा नि:शुल्क बस सेवा सञ्चालन हुने भएको हो ।
बिहान साढे ८ बजे र अपरान्ह ४ बजे बा १ ग २५९१ नम्बरको बसले नेपाल प्रहरी प्रधान कार्यालय नक्शालबाट बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, नयाा बसपार्क, बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलिसडक, कृष्णपाउरोटी, जय नेपाल हुदै पुन:नक्शाल सम्म नि:शुल्क रुपमा सेवा प्रवाह गर्ने बताइएको छ ।

त्यस्तैगरी, अर्को बा १ ग २६०८ नम्बरको बसले, नेपाल प्रहरी प्रधान कार्यालय नक्शालबाट रातोपुल, गौशाला, एअरपोर्ट, कोटेश्वर, नयाा ठिमी, सल्लाघारी, सूर्यबिनायक चोकबाट सोही रुट फिर्ता भै कोटेश्वर, गौशाला, चाबहिल, सुकेधारा, महाराजगञ्ज, शिक्षण अस्पताल, बालुवाटार हुदै पुन: नक्शाल सम्म नि:शुल्क रुपमा बस सेवा सञ्चालन गर्न लागिएको नेपाल प्रहरी प्रधान कार्यालय, सवारी महाशाखाले जनाएको छ ।
यो समाचार कान्तिपुरमा प्रकाशित छ ।