हरिवंश आचार्यले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो आरोहण गर्न जान लागेका प्रकाशराज पाण्डेलाई नेपालको राष्ट्रिय झण्डा ओढाएका छन् । एक युट्युब भिडियोमा हरिवंश आचार्यले राष्ट्रिय झण्डा हामी ओडाउने तपाईं सगरमाथा चढ्ने भन्दा पाण्डे मुस्कुराउँदै मख्ख परेको देखाइएको छ ।पान्डे कार्तिक ८ गते अफ्रिकाको तान्जेनियामा रहेको सबैभन्दा अग्लो चुचुरो जसको उचाई ५ हजार ८ सय ९५ मिटर अग्लो छ उनी चढ्दैछन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरिसकेका पाण्डेले गत जुन २८ र २९ तारिखमा ककेशश हिमशृङ्खलामा पर्ने युरोपको सबैभन्दा अग्लो चुचुरो एलब्रस हिमाल पनि गाइडको सहाराले आरोहण गरेका थिए ।
पहिलेको तिलपुङ कटरे अनि हाल लिखु तामाकोसी गाउँपालिका–७ मा जन्मिएका ३१ वर्षीय पाण्डेले सन् २०१८ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल भएका थिए ।सन् २०१६ मा आइसल्याण्ड पिक आरोहण, २०१७ मा दुई पटक स्काउट पिक आरोहण, २०१८ मा नेपालकै आमादब्लम हिमाल आरोहण गरेका पान्डेले सन् २०१९ मा किलर माउण्टेन भनेर चिनिने मनास्लु हिमाल समेत आरोहण गरिसकेका छन् । उनले हालसम्म विभिन्न नौ वटा हिमाल आरोहण गरेका छन् ।
पाण्डेको अबको योजना मौसमले साथ दिएमा एक वर्ष भित्र विश्वका सातैवटा महादेशका उच्च शिखर चढने रहेको छ । त्यसपछि दोस्रो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने योजना उनी छन् । काठमाडौँ शिक्षालय बानेश्वर र काठमाडौँ शिक्षालय ललितपुर(प्रस्तावित नाम पूर्व स्वर्णिम सागर)बोर्डिङ स्कुलका लगानी कर्ताको रुपमा उनी व्यवसायमा पनि संलग्न छन् । हाल उनी ग्वार्कोमा घर किनेर बसेका उनी अविवाहित युवा हुन ।