नेपालको इतिहासमै नभएको लामो वाक्य,पूरा पढेर मात्र कमेन्ट गरिदिनुहोला

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्रद्वारा जारी सूचनालाई इतिहासकै लामो वाक्य मानिएको छ । सामाजिक सञ्जालमा यस वाक्यलाई लामो मान्यता दिनको कारण कहिं पनि पूर्ण बिराम नदिएकाले होकि भन्ने अनुमान गरिएको छ । त्यसो त फाट्टफुट्ट अल्पबिराम भएको ठाँउलाई नै आधार मानेर पनि वाक्य छोटै हो भन्दा अत्युक्ति नहुने जिकिर राख्न सकिन्छ ।जे होस सूचनामा सम्प्रेषित वाक्य गठन भने यति लामो हुनुमा कतै नेपाली भाषा विज्ञ विनाको आञ्चलिकता वा कानुनी वा प्राविधिक सहायताले कुनै कर्मचारीको अयोग्यताको कनिकुथी वकालत जस्तो लाग्ने अनुमान त्यति सहजै लगाउन नमिल्नै खालकै जस्तो पत्यारिलो भाषाको रुपमा लिन नमिल्ने भने होइन् । यस्तो छ इतिहासकै लामो वाक्य-

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्र

टेलिफोन न. 6630088

6634119

6630588

फ्याक्स न. 6630797

नोटिस बोर्ड १६१८] ०५६६३०७९७

www.moecdc.gov.np

(शाखा)

पत्र संख्या :- – 20001014

चलानी न. – 293

सानोठिमी, भक्तपुर

मिति:

मिति २०८०|०८ १४

विषय : ऐच्छिक विषयको विद्यार्थी मूल्याङ्कनसम्बन्धी सूचना !

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार विद्यालय शिक्षा कक्षा १ देखि १२ का अनिवार्य विषयको पाठ्यक्रम कार्यान्वयन भई मूल्याङ्कन प्रणालीसमेत लागु भएको सन्दर्भमा कक्षा ९ र १० का ऐच्छिक विषयका हकमा साविककै पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यान्वयनमा रहेका कारण विद्यार्थी मूल्याङ्कन अभिलेख अर्थात् विद्यार्थी प्रगति अभिलेख तयार गर्दा केही प्राविधिक समस्या देखिएको भनी शिक्षक तथा विद्यालयबाट गुनासो आएकाले उक्त विषयमा कम्युटर विषयलगायत ५० % प्रयोगात्मक परीक्षा हुने गरी निर्धारण भएका विषयका हकमा राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ बमोजिम नै हुने गरी र अन्य विषयका हकमा राष्ट्रिय परीक्षा बोर्डको सिफारिससमेतका आधारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (माननीय मन्त्रीस्तर) को मिति २०८००८ १० को निर्णयानुसार विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले निर्धारण गरेको विषयगत पाठ्यघण्टा ४ (चार) रहने गरी पाठ्यक्रम अद्यावधिक नहुँदासम्म साविककै पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रयोग गर्ने र विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार अवलम्बन गरिएको आन्तरिक मूल्याङ्कन २५१ र बाह्य मूल्याङ्कन ७५% रहने गरी विद्यार्थी मूल्याङ्कन र विद्यार्थी प्रगतिको अभिलेखीकरण गर्ने भन्ने निर्णय भएकाले सोअनुरूप गर्नु गराउनुहुन सम्बन्धित सरोकारवाला सबैको जानकारीका लागि सूचित गरिएको छ ।

वैकुण्ठप्रसाद अर्याल

महानिर्देशक