यसपालिको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला हुने भएको छ ।बुधबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले १२ असोजदेखि अग्रिम बुकिङ खुलाउने निर्णय गरेसँगै रुट परमिट खुला हुने भएको हो ।
खुला हुनेमा यात्रुबाहक सवारी साधनहरु छन् । घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागु हुने गरी रुट परमिट खुला गरिने विभागले जनाएको छ ।तर, कुनै बाटोको विशेष प्रकृतिका कारण बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारीसाधनको बन्देज भने कायमै रहने बताइएको छ ।सडकको मापदण्ड अनुसारका साधनहरुलाई दशैमा रिजर्व बस सेवाबाट यात्ओरु सार पसार गर्न बन्देज नलगाइएको यातायात व्यवसायी एक सदस्यले बताए ।