सिन्धुली बोहोरेटारमा सवारी दुर्घटना हुँदा १० जना यात्रु घाइते

सिन्धुली । सिन्धुलीको बीपी राजमार्गको बोहोरेटारना राहत शिक्षक चढेको गाडी दुर्घटना भएको छ ।

राहत शिक्षकहरुको आन्दोलनका लागि सिन्धुलीबाट काठमाडौँ जान शिक्षकहरु चढेको गाडी शुक्रबार दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
म.प्र ०४–००१ज.००६२ नम्बरको गाडी दुर्घटनामा भएको हो ।

दुर्घटनामा कमलामाइ नगरपालिका– १ का ३४ वर्षीय मुकुन्द थापा गम्भीर घाइते भएका छन् ।

त्यस्तै कनपा–६ का ४६ वर्षीय निरकुमार चालिसे, बनेपा नगरपालिका–१० बस्ने ४० वर्षीया गर्भवती समेत रहेकी गार्की बस्नेत, कनपा –५ बस्ने ४६ बर्षीया कमला घिमिरे, तीनपाटन गाउँपालिका– १० का ४० वर्षीय राजन कार्की, कनपा– १ का ४१ वर्षिय भुवन थापा, कनपा– ४ बस्ने ४० वर्षीया बबिता देबकोटा, कनपा–६ का ४६ वर्षीय बिष्णु ढकाल, उनँको छोरा ११ वर्षीय निश्चल ढकाल र कनपा–६ का ४० वर्षीय सरोज थापा दुर्घटना परी घाइते भएका छन् ।
प्रहरी नायव उपरीक्षक दाहालकाअनुसार घाइतेहरुलाई धुलिखेल अस्पतालमा उपचारको लागि पठाइएको छ ।

सवारी चालक कनपा–८ का २६ वर्षीय तेजबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।