बल्खु र कोटेश्वरबाट बढी भाडा असुल्ने पाँच जनालाई पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंले बल्खु र कोटेश्वरबाट बढी भाडा असुल्ने पाँच जनालाई पक्राउ गरेको छ ।

दशैको समयमा पनि घर फर्कनेहरुबाट बढी भाडा असुल गरेपछि काठमाडौंको विभिन्न ठाउँबाट पाँच जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौंडा स्थायी घर भएका सन्देश श्रेष्ठले यात्रुबाट बढी भाडा असुल गरेको पाइएपछि पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौंका रोहित लामाले पनि यात्रुबाट बढी भाडा असुल गरेको पाइएपछि पक्राउ गरेको बताइएको छ । नक्कली टिकट बनाएर यात्रुलाई ठगेपछि महोत्तरी बर्दिबासका अनिल बुढाथोकी , काठमाडौंका राजकुमार डंगोल र कोटेश्वरका कमल सार्कीलाई प्रहरीले बिहीबार पक्राउ गरेको जानकारी प्राप्त भएको छ ।

उनीहरुलाई सर्वसाधारणबाट बढी भाडा असुल गरेको , भिडभाडमा मानिसहरुलाई अनावश्यक दुख दिएको र नक्कली टिकट बनाएर ठगी गरेको पाइएपछि बिहिबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।