एमालेको वागमती प्रदेश अध्यक्षमा भारी मत ल्याएर कैलाश ढुंगेल निर्वाचित

सहमतिमा अध्यक्ष चुन्न नसकि चुनावी प्रक्रियामा गएको एमालेको वागमती प्रदेश अधिवेशनमा विधुतीय मेसिनबाट मतदान हुँदा कैलाश ढुंगेल अध्यक्ष पदमा भारी मतले निर्वाचित भएका छन् ।उनका प्रतिद्वन्दी कृष्ण दाहाललाई झन्डै ३ सयको भारी मतको अन्तरले पराजित गर्दै ढुंगेल एमाले वागमती प्रदेशको अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।कैलाश ढुंगेलले ६९६ मत पाएर वागमती प्रदेशको अध्यक्ष बनेका छन् । पराजित कृष्ण दाहालले ४३९ मत मात्र प्राप्त गरेका छन् ।

ओली तथा महेश बस्नेत निकट ढुंगेल विशेषत:ग्रास लेवलका कार्यकर्ताको जनगुनासो सुन्ने र पार्टीको नेतृत्वदायी भूमिकामा निडर र अडिग रहन सक्ने व्यक्तिको रुपमा वागमती प्रदेशका जिल्लाहरुमा परिचित छन् ।
त्यसैगरी उपाध्यक्षमा दावा दोर्जे लामा ६१५ मतसहित निर्वाचित भएका छन् । सचिवमा नवराज सिलवाल प्रतिस्पर्धीभन्दा एक मत बढी ल्याएर विजयी बने । उनले ५६८ र अर्का प्रत्यासी हस्त पण्डितले ५६७ मत प्राप्त गरे ।

उपसचिवमा प्रेम कुमार महर्जन र भक्त कुमारी लामा विजयी भएका छन् । नेतृत्वले सर्वसम्मतिबाट प्रदेश कमिटी चयन गर्ने प्रयास असफल भएपछि (हिजो) शुक्रबार मतदान भएको थियो ।

यो पनि हेर्नुहोस्