भयो सहमति,शिक्षकले पाए न्याय, आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित, आ-आफ्नो कार्यरत स्थलमा फर्कन निर्देशन: अमृत कार्की (पेन्सन बन्चित शिक्षक सं.स. के.अध्यक्ष)

पेन्सन बन्चित शिक्षक केन्द्रीय संघर्ष समितिले अध्यक्ष शिक्षा मन्त्रीको उपस्थितिमा भएको वार्तामा आफ्ना मुद्दाहरुको सहमति भएकोले आजकै मितिबाट आन्दोलनको सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । केन्द्रीय कार्यालय,ललितपुर स्थापनाः २०८०
का अध्यक्ष अमृत कार्कीले न्युजकिरण डटकम अनलाइन खबरसँगै भने आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु आजकै मितिबाट स्थगित गर्यौ। हाम्रो मागलाई संबोधन गरियो,सहमतिमा हस्ताक्षर हाम्रो भयो ?

सरकार र शिक्षक वार्ता तस्बिर:


उनले भने सबै शिक्षकले कागजी न्याय पाए ।अब सम्कापूर्ण कार्यरत शिक्षक शिक्षिका, कर्मचारीहरु कार्यरत स्थलमा फर्केर कार्यान्वयन पक्ष हेर्छौँ ? शिक्षकको हाम्रो आन्दोलनबाट हामीले ठुलो बिजय प्राप्त गरेका छौँ । उनले आन्दोलनमा सहयोगी भूमिकामा रहनु हुने सम्पूर्ण सहयोगी संघ, संगठन,संस्था र पत्रकार र सामाजिक अभियन्ता सबैलाई हार्दिक धन्यवाद पनि दिएका छन् ।

सुति सुति आन्दोलन गर्दै शिक्षकहरु

नेपाल सरकार र नेपाल शिक्षक महासंघ विचको २०७६ पछि स्थायी शिक्षकहरुलाई पेन्सन बञ्चित गर्ने र अन्य विविध सहमति र सम्झौताको विरुद्धमा हामी पेन्सन वञ्चित शिक्षक समूह, राहत शिक्षक, वालविकास सहजकर्ता, विद्यालय कर्मचारीहरुको संयुक्त आन्दोलन जारी थियौं ।

आन्दोलनको महासागर रुप

मिति २०८०/०६/१२ गते शिक्षा मन्त्रालयमा माननीय शिक्षा मन्त्रीको उपस्थितिमा भएको वार्तामा हाम्रो मुद्दाहरुको सहमति भएकोले आज(शुक्रबार)कै मितिबाट आन्दोलनको सम्पूर्ण कार्यक्रम स्थगित भएको जानकारी गराउँदै आन्दोलनको क्रममा घाइते हुनु भएको सम्पुर्ण शिक्षक तथा कर्मचारीहरुको संघर्ष समिति शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।तयसैगरी समितिले आन्दोलनमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरिदिनु हुने सबैमा हार्दिक आभार व्यक्त गरेको छ । साथै सहमतिहरुको कार्यान्वयन गर्न छलफल तथा पक्षिकरण जारी राख्नु पर्ने भएकोले पेन्सन बन्चित शिक्षक गठन गर्न बाँकि जिल्ला र पालिकाहरुले यथासक्य छिटो गठन गर्नु पनि निर्देश गरेको छ ।

सम्झौता पछि आ-आफ्नो क्षेत्रमा फर्किन निर्दैशन दिदै अमृत कार्की

यस्तो छ विज्ञप्ति

पेन्सन बन्चित शिक्षक केन्द्रीय संघर्ष समिति केन्द्रीय कार्यालय, ललितपुर स्थापनाः २०८०

चलानी नं. पत्र संख्या ८०÷८१

मितिः २०८०।०६।१२

हार्दिक धन्यवाद ।

पेन्सन बञ्चित शिक्षक मित्रहरु,

नेपाल सरकार र नेपाल शिक्षक महासंघ विचको २०७६ पछि स्थायी शिक्षकहरुलाई पेन्सन बञ्चित गर्ने र अन्य विविध सहमती र सम्झौताको विरुद्धमा हामी पेन्सन वञ्चित शिक्षक समूह, राहत शिक्षक, वालविकास सहजकर्ता, विद्यालय कर्मचारीहरुको संयुक्त आन्दोलन जारी रहेको सर्वविद्दितै छ ।

आन्दोलन महासागर स्वरुप

आज मिति २०८०/०६/१२ गते शिक्षा मन्त्रालयमा माननीय शिक्षा मन्त्रीको उपस्थितिमा भएको वार्तामा हाम्रो मुद्दाहरुको सहमति भएकोले आजकै मिति बाट आन्दोलनको सम्पुर्ण कार्यक्रम स्थगित भएको जानकारी गराउंदछौं आन्दोलनको क्रममा घाइते हुनु भएको सम्पुर्ण शिक्षक तथा कर्मचारी हरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । आन्दोलनको क्रममा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पुर्ण महानुभव हरुमा हार्दिक आभार व्यक्त गर्दछौं ।

विरोध प्रदर्शन गर्दै पेन्सन बन्चित शिक्षक संघर्ष समितिका अध्यक्ष अमृत कार्की

पुनस्य भएका सहमतिहरुको कार्यान्वयन गर्न छलफल तथा पक्षिकरण जारी राख्नु पर्ने भएकोले पेन्सन बन्चित शिक्षक समूह गठन गर्न बाँकी जिल्ला र पालिका हरुले यथासक्य छिटो गठन गर्नु हुन अनुरोध गर्दछौं ।

टिका बहादुर खड्का महासचिव ९८४११५९५६३

अमृत कार्की अध्यक्ष ९८५११९१२७६

यस्तो छ अमृत कार्कीको भिडियो सन्देश