०८० सालको एसईई परीक्षा चैतको पहिलो सातादेखि हुने

०८० सालको एसईई परीक्षा चैत पहिलो सातादेखि हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले चैतको पहिलो सातादेखि परीक्षा गरेर असारको दोस्रो हप्ता भित्रमा नतिजा प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । बोर्डको वार्षिक कार्यतालिका अनुसार कक्षा ९ को रजिष्ट्रेशन र कक्षा १० को परीक्षा आवेदन फारम छपाई र वितरण कात्तिक मसान्तसम्ममा गरिनेछ । जुन बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले गर्ने जनाएको छ ।

त्यस्तै कक्षा ९ को रजिष्ट्रेशन र कक्षा १० को परीक्षा आवेदन फाराम मंसिर मसान्तसम्म भराउनेछ । त्यो शिक्षा विकास तथा समन्वय इकाईमार्फत गराइने बताइएको छ । ।

त्यस्तै माघ पहिलो साता परीक्षाको समय तालिका प्रकाशन र परीक्षा केन्द्र निर्धारण गर्ने कार्यतालिकामा उल्लेख छ ।

२०८१ को साउन तेस्रो साता पूरक परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका बनाएको तालिकामा उल्लेख गरिएको छ ।