अब माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने

यो वर्ष सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले भनेपछि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने भएको हो ।

नेशनल प्याब्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसईईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजना गरेकाे परीक्षा मार्गनिर्देशन कार्यक्रममा शर्माले सो भनेका हुन् । २०८० मा एसईई हुँदैन भन्ने भ्रममा नपर्न पनि उनले विद्यार्थीलाई आग्रह गरे ।

अब एसईईमा ‘एनजी’ अर्थात् कुनै विषयमा ३५ प्रतिशत अङ्क नल्याएमा ‘नन ग्रेड’ हुने प्रणाली लागू हुँदैछ । यस वर्षकै एसईईबाट नयाँ ग्रेडिङ प्रणाली लागू गर्ने भएकाले अब कक्षा ११ पढ्नका लागि विद्यार्थीले एसईईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने हुन्छ उनले थपे ।
अब नयाँ ग्रेडिङ प्रणाली कार्यान्वयनमा आएसँगै एसईईमा पनि कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने हुन्छ ।कुनै पनि विषयमा ३५ प्रतिशत अङ्क नआएका दोहोर्‍याएर परीक्षा दिनुपर्ने शर्माको राय थियो ।
नेशनल प्याब्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसईईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजना गरेकाे परीक्षा मार्गनिर्देशन कार्यक्रममा शर्माले भने यसअघि बोर्डले एसईईको नतिजा ‘नन ग्रेडेड’ नगरि प्रकाशित गर्ने गरेको थियो । बोर्डले १२ कक्षाको परीक्षा पास हुन भने ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने व्यवस्था गरेको थियो । अब नयाँ ग्रेडिङ प्रणाली कार्यान्वयनमा आएसँगै एसईईमा पनि कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने भएको छ । कुनै पनि विषयमा ३५ प्रतिशत अङ्क नआएका दोहोर्‍याएर परीक्षा दिनुपर्ने हुन्छ।