अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनले हालै शिक्षक महासंघले सरकारसँग गरेको सहमतिप्रति असन्तुष्टि जनाएको छ । शिक्षकका ट्रेड युनियन अधिकारमाथि सरकारले लगायतको अंकुश नै मुख्य विरोध भएको संगठनका अध्यक्ष विजय रत्न बज्राचार्यद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी नेपाल राष्ट्रिय प्राध्यापक संगठन र अखिल क्रान्तिकारीले पनि सहमति प्रति विमति जनाएका छन् । शिक्षा विधेयकको पहिले देखि नै क्रान्तिकारीले त सडकमा विरोध प्रदर्शन नै गर्दै आएको थियो । क्रान्तिकारीका केन्द्रीय संयोजक मिलन राइले सहमतिप्रति विमति जनाएका छन् ।हालै तीन संगठनले जारी गरेको संयुक्त प्रेस विज्ञप्ति:
मिति : २०५०/०६/०६
विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संसोधन र एकीकरण गर्न बनेको प्रतिगामी शिक्षा विधेयक २०५० का विरुद्ध शिक्षक, विद्यार्थी, कर्मचारी लगायतका शिक्षाकर्मीहरु आन्दोलन गरिरहेका छौं। नेपालका हजारी शिक्षकहरूले विद्यालय बन्द गरेर काठमाडौं केन्द्रीत भई विरोध प्रदर्शन भइरहेको थियो। अखिल (क्रान्तिकारी ले समेत देशव्यापी रुपमा निरन्तर आन्दोलन गरिरहेको छ) शिक्षक र शिक्षाकर्मीहरुको आन्दोलन र माग विपरित रातिको समयमा शिक्षक महासंघ र शिक्षा सचिवका बीचमा ६ बुँदे सहमति भएको छ। यो सहमतिको हामी घोर विरोध गर्दछ । यो सहमतिले देशको शिक्षा क्षेत्रको निरन्तर प्रगति र शिक्षक कर्मचारीको पेशागत माग पूरा गर्न सक्दैन्। त्यसैले यो सहमति धोका हो। यो ६ बुँदे सम्झौतालाई हामी शिक्षक, विद्यालय कर्मचारी, विद्यार्थी र प्राध्यापक असहमति सहित खारेज गर्दछौ। शिक्षा क्षेत्रमा भएका समस्या, शिक्षकहरुको ट्रेड यूनियन अधिकार, देश र जनतालाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक आन्दोलनमा निरन्तर सहभागि हुन सम्पूर्ण शिक्षाकर्मीहरुलाई हार्दिक आह्वान गर्दछौ।
विजयरत्न वर्जाचार्य
अध्यक्ष अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन
मिलन राई संयोजक अनेरास्ववियू (क्रान्तिकारी)
जगदिशचन्द्र भण्डारी संयोजक नेपाल राष्ट्रिय प्राध्यापक संगठन