नेकपा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला ईन्चार्ज कैलाश ढुंगेलको स्वास्थ्य अवस्थामा सुधार भएको छ । हिजो सदरमुकाम मन्थलीको तामाकोसी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि ढंगेललाई काठमाडौं पठाइएको थियो । उनको हाल काठमाडौंको नर्भिक अस्पालतमा उपचार भइरहेको छ ।
ढुंगेलका छोरा राजिव ढुंगेलका अनुसार उहाँको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गराएर उपचार गरिएको हो ।