शरणार्थी प्रकरण अनुसन्धानमा दुई पूर्वमन्त्री सहित १४ आरोपितहरु

३ जेठ २०८० काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानमा तानिएका दुई पूर्वमन्त्री सहित १४ आरोपितहरु विरुद्ध ठगी सहित अरु थप तीन अभियोगमा समेत मुद्दा दायर हुने भएको छ । अरु दुईवटा अभियोगमा चाहिं अनुसन्धानका लागि सम्बन्धित निकायमा पत्राचार हुनेछ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले उनीहरु विरुद्ध राष्ट्रहित प्रतिकूल गरेको, ठगी, लिखत सम्बन्धी कसुर (किर्ते) र संगठित अपराधको अभियोगमा मुद्दा चलाउने राय सहितको प्रतिवेदनको तयारी गरेको हो । यो अभियोगमा पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे सहित १४ जना पक्राउ परेका छन् ।