महिला उद्यमी महासंघ नेपाल (एफविन)को अध्यक्षमा शोभा ज्ञवाली निर्वाचित हुनुभएको छ ।शुक्रबार आयोजित महासंघको २०औ साधारण सभा तथा नवौँ महाधिवेशनबाट ज्ञवाली अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।
महासंघमा प्रथम उपाध्यक्ष रहनुभएको ज्ञवाली नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी समिति सदस्य समेत हुनुहुन्छ ।अध्यक्ष ज्ञवालीसहित सम्पूर्ण कार्यसमिति निर्विरोध चयन हुनु भएको महासंघले जनाएको छ।
ज्ञवाली नेपाल रिपब्लिक मिडियाकी निर्देशक हुनुहुन्छ । त्यसैगरी महिला उद्यमी महासंघको महासचिवमा कुन्नम पोखरेल चयन हुनुभएको छ । सचिवमा सुमित्रा पलाञ्चोके र कोषाध्यक्षमा सविता सुवेदी चयन भए ।