शिक्षक महासंघ र सरकारबीच वार्ता जारी

आन्दोलनमा उत्रिएका शिक्षकहरूबीच गृह मन्त्रालयमा वार्ता चलिरहेको छ ।

बिहीबार साँझ ७ बजेदेखि गृह मन्त्रालयमा सरकार र शिक्षकहरूबीच वार्ता चलिरहेको हो ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, अर्थमन्त्री प्रकाशशरण महत र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ वार्तामा छन् ।

शिक्षा विधेयकमा रहेका त्रुटिपूर्ण मस्यौदा संशोधन गर्नु पर्ने मागसहित देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू बुधबारदेखि काठमाडौंमा आन्दोलनरत छन् । बिहिबारको आन्दोलनमा सामजिक अभियन्ता पुन्य गौतम पत्रकार ऋषि धमला तथा कृष्ण कंडेल पनि उपस्थित थिए ।