बालसुधार गृहमा झडप,एकको मृत्यु ,केही घाइते

बालसुधार गृहमा विवाद पछि झडपहुँदा एक जनाको मृत्यु भएको छ । रुपन्देहीका २१ वर्षीय सुलभ केसीको मृत्यु भएको हो।
बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा विवाद हुँदा एक जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए । घाइतेमध्ये चार जना अझै गम्भीर अवस्थामा रहेको छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए अनुसार झडपमा गम्भीर घाइते भएका केसीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भयो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

बालसुधार गृहमा तोडफोड र आगजनीसमेत भएको छ । घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।