हाडनाता करणी मुद्दामा १ वर्ष कैद सजाय भएकी बैतडीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बैतडीबाट हाडनाता करणी मुद्दामा २०७३ असार १८ गतेको फैसलाले १ वर्ष कैद सजाय तोकिएर फरार रहेकी महिलालाई फैसला कार्यान्वयनका सिलसिलामा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी गाँजरीबाट खटिएको प्रहरी टोलीले सिगास गाउँपालिका–३ रक्सौन बस्ने ३० वर्षीया राजमती धामीलाई घरमा फेला पारी पक्राउ गरेको थियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले उनलाई पक्राउ गरेको जनाएको छ ।
