आजभोलि अतिरिक्त क्रियाकलापबाट प्रतिष्ठा बढाइने नाममा बोर्डिङ स्कूलमा कराँते,उस्सु,टेकन्डो लगायत खेल खेलाइन्छ ।खेलको नाममा शुल्क पनि मज्जाले अशुल्ने गरेको पाइन्छ । कक्षा -१० मा अध्ययनरत एक विद्यालयका विद्यार्थीले भने अनुसार महिनामा ३ हजार शुल्क निर्धारण गरिएको बोर्डिङ स्कूलमा १५ हजार बढी शुल्क उठाइएको छ । शिक्षक शिक्षिका ले महिनाको ५ देखि १५ हजारको महिनावारी वेतन पाउने गरेका छन् ।
आधुनिक करातेको विकास जापानमा भएको होे । त्यसैले ट्रेनिङका क्रममा प्रयोग गरिने प्राविधिक शब्द पनि जापानिज नै छन् । खेलाडीले ‘गी’ (कराते ड्रेस) लगाउनुपर्छ । सुरुमा ह्वाइट बेल्टबाट सुरु हुन्छ । त्यसपछि अरेन्ज, ग्रिन, ब्राउन हुँदै ब्ल्याक बेल्ट र ब्ल्याक बेल्टपछि टु डान, थ्री डान, फोर डान, फाइभ डान हुँदै अपग्रेड भएर जान्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विश्व कराते महासंघले अनुमति दिएको कपडा नै लगाइन्छ । तर, हामी ट्रेनिङमा भने नर्मल कपडा नै प्रयोग गर्छौं ।
एक जनासँग उठाइएको शुल्कले एकजना शिक्षकलाई तलब तथा वेतन दिन पुग्नेगरी विद्यार्थीबाट अवैध शुल्क अशुल्दै रातारात विद्यालयका प्रधानाध्यापकले घर घडेरी लगायतमा रकम लगानी गरेको पाइएको छ । गोदावरी स्कुलका विद्यार्थीले बताए अनुसार उनीहरुले खेलका लागि मासिक ५ सय देखि १५ सय तिर्दै आएका छन् ।करीब ८,९,१० कक्षामा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु हेर्दा सयको छेउछाउमा पुग्न जान्छ । प्रशिक्षकले पाउने भनेको ८-१० हजार हो । एकलाख बढी शुल्क उठाइएको हुन्छ। त्यसबाट ८० हजार बढी फाइदा गर्ने विद्यालयप्रति नै आजभोलिको अभिभावक आकर्षित भएका छन् ।कहिले टुर,कहिले टुर्नामेन्ट,कहिले भलिबल लगायत खेलबाटनै विद्यालयले प्रशस्त आम्दानी गरेको छ । सरकारी निकायबाट नियमन नभएको जनगुनासो आउन थालेको देखिन्छ तर नियमन निकायलाई बोर्डिङ अनुगमनमा आधिकारिक मानिदैन् क्या हो ?एक सामागाउँमा पढाउने विज्ञान शिक्षिकाले बताइन् ।उनले थपिन कराते त विद्यालय बाहिर सिकाइने खेल जस्तो लाग्छ।