नयाँ खेलाडी शिक्षक भित्र्याइएपछि रोकिएको खेल पुन सञ्चालन, प्रथम वेष्ट वीन

एकिकृत अखिल नेपाल शिक्षक संगठन महालक्ष्मी नगर समितिले महालक्ष्मी नगर स्तरीय पहिलो शिक्षक भलिबल प्रतियोगिता सम्पन्न गरेको छ । शनिबार गम्भीर समुन्द्र सेतु मावि प्राङ्गणमा विवादका वावजुद भलिबल खेल सम्पन्न भएको हो ।खेलमा करीब ११ विद्यालयका शिक्षकलाई सहभागी गराइएको थियो । कार्यक्रमको नाम भलिबल प्रतियोगिता भनिए पनि खेल मैत्रीपूर्ण रहेको विद्यालयका प्रधानाध्यापक देवेन्द्र महर्जनले बताए । प्रतियोगितामा प्रथम वेष्ट वीन ,दोस्रो नेपाल डन बस्को र तेस्रो सिद्धिमंगल मा.वि. तथा पवन प्रकृति मा.वि. भएका थिए । अधिकांश विद्यालयबाट प्रधानाध्यापकसहितको टोली सहभागी भएकोले कार्यक्रमको गरिमा बढेको महर्जनले बताए कार्यक्रमको प्रमुख अतिथिका रूपमा नगर उपप्रमुख लक्ष्मी महर्जन थिइन् । महर्जनले अब महिला शिक्षिकाहरुको पनि प्रतियोगिता गर्नुपर्ने र त्यसमा नगरपालिकाले पनि सहयोग गर्ने बताएकी थिइन् । तिथिमा शिक्षा शाखा प्रमुख चिरन्जिवी पौडेल रहेका थिए ।आयोजकले शिक्षक महासंघका मीन आछामी सहित उपस्थित कार्यक्रमलाई सभ्य र भव्य ढंगले सफल बनाउन आर्थिक जिन्सी र भौतिक सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद दिएका छन् । त्यसैगरी मर्यादितरूपले खेल सम्पन्न गराउने रेफ्री राजमान राई र दिनेश के सी,अहोरात्र खटिने रिमा म्याम लगायत सम्पूर्ण पदाधिकारीलाई सामाजिक सञ्जालमा धन्यवाद भनी प्रधानाध्यापक देवेन्द्र महर्जनले लेखेका छन् ।नमुना,वेष्टविन र डनबकस्को बीच एक आपसमा बाहिरी शिक्षक खेलाडी हालिएको भन्दै केहीबेर खेल स्थगित भएको एक आयोजक सदस्यले न्युज किरण डटकम संवाददातालाई बताए ।पछि नमुना स्कुलका केही खेलाडी फेरिएपछि खेल प्रतियोगिता सञ्चालन भएको थियो ।भरतमणि तिमल्सिनाले संचालन गरेको कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष कृष्णकाजि महर्जन र उपाध्यक्ष लेखनाथ घिमिरे उपस्थित थिए । शिक्षक संगठनका पूर्व अध्यक्ष बिजय बानिया मुसुमुसु हाँस्दै खेल अवलोकन गरिरहेका थिए भने शिक्षा अधिकृत चिरन्जिवि पोडेल, निर्णायक राजमान राई हर्षित मुद्रामा देखिन्थे । दुई दिन सम्म संचालित उक्त प्रतियोगितात्मक कार्यक्रम एकिकृत अखिल नेपाल शिक्षक संगठन महालक्ष्मी नगर समितिका अध्यक्ष श्री निराकुमारी श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।