एसिया कप क्रिकेटकाे ‘सुपर फाेर’ मा भारत र पाकिस्तान बीचकाे खेल सुरू

एसिया कप क्रिकेटकाे ‘सुपर फाेर’ मा भारत र पाकिस्तानबीचकाे खेल सुरू भएकाे छ ।

साेमबार वर्षाका कारण राेकिएकाे खेल अहिले सुरु भएकाे हाे । वर्षा राेकिएपछि मैदानकाे निरीक्षण गर्दै अम्पायरहरूले खेलमा ओभर कटाैती नहुने बताएका छन् ।हिजोको खेल राेकिँदा भारतले २४ ओभर १ बलमा २ विकेट गुमाएर १ सय ४७ रन बनाएकाे थियाे । भारतले यही अवस्थाबाट ब्याटिङ थालेकाे छ ।

अहिले क्रिजमा विराट काेहली र केएल राहुल छन् । भारत र पाकिस्तानबीचकाे खेल वर्षाले प्रभावित हुन सक्ने भन्दै आजका लागि ‘रिजर्भ डे’ राखिएको छ ।