बोर्डिङमा नेपाली -सामाजिक,सरकारीमा गणित, विज्ञान र अंग्रेजी विषय शिक्षक पाउन गाह्रो

फाइल तस्बिर

काठमाडौं उपत्यकामा गणित,विज्ञान र अंग्रेजी विषयविज्ञ तथा शिक्षक शिक्षिकाहरु छ्यापछ्याप्ती भेटिन थालेको छ । विशेष त अंग्रेजी भाषा पढेका अध्यापकले सामाजिक र विज्ञान विषयका पढेकाले गणित पनि सहजै अध्यापन गरान सक्ने विषय भएकाले शिक्षक शिक्षिकाहरु छ्यापछ्याप्ती भेटिन थालेको हो ।अझ सरकारी विद्यालयको तुलनामा उपत्यकामा घरघरमा झैं नै खोलिएका च्याउसरी कहीं निजी,कहीं संस्थागत नामाकरणका बोर्डिङ स्कूलले प्रशस्त शिक्षक शिक्षिकाहरु भेट्ने गरेका छन् ।प्याब्सनका ललितपुर महालक्ष्मी नगरपालिका रहेका अधिकांश बोर्डिङले महिनामा २ पटक शिक्षक फेर्ने गरेका छन् ती स्कुलका संस्थापकले प्रायः डेढ महिना काम गरेपछि एक महिनाको तलब दिने गरेका छन् ।न नियुक्ति पत्र छ न कुनै विद्यालय विनियम बमोजिमका बोर्डिङबाट सेवा सुविधा दिइएको छ तैपनि शिक्षक शिक्षिकाहरु छ्यापछ्याप्ती भेटिन थालेको छ ।हुन त यो क्षेत्रका सरकारी विद्यालयको स्तर पनि उच्च स्तरीय नै छ । प्रायः जसोमा बोर्डिङका शिक्षक शिक्षिकाहरु राखेर गुणस्तरीय शिक्षा दिने गरिएको छ ।यसो हुनुमा बोर्डिङ र सरकारी विद्यालयले प्रशस्त सक्षम विद्यार्थी उत्पादन गर्नु ठहर्छ ।बढदो बेरोजगारीका कारण पढेलेखेका व्यक्तिहरु शिक्षक पेशामा आवद्ध हुन थालेका छन् ।यदाकदा महिनाको ५ हजार तलब दिएर पनि बोर्डिङ स्कुलले शिक्षक शिक्षिकाहरु टोकाइ रहेका छन् तर सामाजिक संजालमा शिक्षक शिक्षिकाहरु नपाएर कयौं सरकारी/सामुदायिक विद्यालयहरु बन्द सम्म पनि हुन पुगेका छन् ।

बोर्डिङमा नेपाली र सामाजिक विषयको शिक्षक अभाव

ललितपुर जिल्लाका धेरै विद्यालयमा नेपाली शिक्षकको अभाव रहेको छ । नेपालीको राम्रो शिक्षकले राम्रै कमाइ गर्न थालेका छन् ।एल ए बोर्डिङ स्कुलमा नेपाली विषय पढाउने एक शिक्षकले महिनाको ८० हजार माथि कमाइ बचत गरेर घर बनाएका छन् ।आइजे बोर्डिङमा कार्यरत एक सामाजिक शिक्षकले पनि करीब ४ वर्षको कमाइले घर बनाइ सकेको बताए ।उनले भने अलिअलि बाहिरबाट पनि रकम हालियो । क्यारेवियन स्कुलमा कार्यरत भवानी पराजुलीलाई धेरै बोर्डिङ स्कूलको अफर तर उनी भ्याइ नभ्याइ ३ वटाजति बोर्डिङमा पढाउनमा व्यस्त छन् ।एम्स कलेजमा एक प्राध्यापकले भने; नेपाली पढ्दा बोर्डिङ होस् वा सरकारी स्कूलमा प्रशस्त अफर आउने गरेको छ । बोर्डिङमा नेपाली र सामाजिक विषयको अभाव छ । नेपालमै बसेर नेपाली माटोमा हुर्केर नेपाली भाषा राम्रोसँग बोल्न लेख्न नआउनुले नेपाली विषय शिक्षकको नै कमजोरी रहेको नेपाली विषय शिक्षक विष्णु आले न्युजकिरण डटकम सँगको अन्तरक्रियामा बताउनु भयो । उहाँले ‘जसले पायो उसले नेपाली सिकायो’ गर्नाले पनि नेपाली भाषाको क्षय
भइरहेको बताउनुभयो । कतिपय बोर्डिङ वा सरकारी विद्यालयका गणित वा विज्ञान शिक्षक शिक्षिकाहरुले नै आफ्नो गणित र विज्ञान विषयको ट्युसन पढाउँदा सबै विषयहरु ह्यान्डेलिङ गर्ने गरेको शफूले सुनेको उहाँले बताउनु भयो ।