नेपाल राष्ट्र बैंकले लियो बजारबाट २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने लक्ष्य

नेपाल राष्ट्र बैंकले बजारबाट २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने लक्ष्य लिएको छ । बजारमा अधिक तरलता भइरहेको बेला केन्द्रिय बैंकले दुई साता अवधिका लागि सार्वजनिक बोलकबोल मार्फत रकम सङ्कलन गर्ने लक्ष्य लिएको हो ।

बिहीबार जारी हुने उक्त निक्षेपको पुस ५ गते परिपक्व हुने भनिएको छ। केन्द्रिय बैंकले एक सूचना जारी गर्दै दरखास्त आह्वान पनि गरि सकेको छ । इच्छुक कु, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले २०८० मंसिर २१ गते दिउँसो २ बजेसम्म आवेदन दिन सक्ने सूचना जारी भएको छ ।
आवेदकले प्रस्तावित ब्याजदर सहित घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन् भनिएको छ। उक्त निक्षेप संकलनका लागि न्यूनतम ब्याजदर बोलकबोल प्रक्रिया मार्फत तय हुनेछ । बहुब्याजदरमा बहुबोलकबोल पनि गर्न सकिने केन्द्रिय बैंकले जनाएको हो ।बजारमा भारित औसत अन्तर बैंक दर १.०३ प्रतिशत रहेको छ ।

बजारमा ५ खर्ब रुपैयाँअधिक लगानीयोग्य रकम तरलता रहेको पनि राष्ट्र बैंकको अनुमान छ ।