काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित साँखु–थली सडक खण्डमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृतक कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका नारायण नगरकोटीले हुन् ।गाडी प्रकाश भुजेलले चलाएका थिए ।
सिन्धुपाल्चोक घर भएर जोरपाटी बस्ने बा.१९ च २६९५ नम्बरको गाडी धनी झाँक्री रहेको र उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरिएको एसपी नवराज अधिकारीले जानकारी दिए । उनलाई प्रहरी वृत्त बौद्धमा राखिएको एसपी अधिकारीले जानकारी दिएका छन् । आफैले गाडी चलाएका भुजेल हाल ३५ वर्षीय हुन् । बुधबार मध्यान्ह दुर्घटना भएपछि उनी फरार भएका थिए । उनले नै गाडी चलाएको अनुसन्धानबाट थाहा भएको छ ।
उनको गाडीले बागमती प्रदेश–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार चालककी पत्नी किसानुमाया नगरकोटी घाइते छिन् । उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको थाहा हुन आएको छ ।