२०७२ बैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पन निर्माण पछि आज खुला भएको छ । केही वर्ष अघि निर्माण भएको धरहरा संविधान दिवसको दिन असोज तीन गतेबाट सबैका लागि खुला भएको हो । बिहिबार दिनभर टिकट काटेर धरहरा हेरिएको न्युजकिरण संवाददाताले बताए ।आधुनिक शैलीमा निर्माण भएको धरहरामा अहिले पानी धारो साथै भित्र नै घुमफिर गर्ने ठाउँ बनाइएको छ ।
काठमाडौंमा धरहरा पहिलो पटक राजा रणबहादुर शाहकी कान्छी रानी ललित त्रिपुरा सुन्दरीले विक्रम सम्वत् १८८२ मा बनाउन लगाएकी थिइन्। पछि प्रधानमन्त्री भीमसेन थापाले पनि सँगै बागदरबारमा अर्को धरहरा बनाए, त्यसलाई सुन्धारा भनिन्थ्यो। विक्रम सम्वत् १९९० को भूकम्पले धरहरा भत्कियो। इतिहासकारका अनुसार भूकम्पले ९ तले धरहरा भत्काएर दुई तल्ला बाँकी थियो। जुद्धशमशेर राणाले १९९२ मा भत्केको धरहरालाई जीर्णोद्धार गराउन लगाए ।