मैले हारेपनि देशले जितेको छ; कुलमान

नेपालमा लोडसेडिङको अन्त्य गरेर नाम कमाएका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री सुशिला कार्की निर्वाचन सप्पन्नताको निम्ति अन्तरिम सरकारलाई धन्यवाद दिएका छन् । घिसिङले भने “म हारे पनि देशले जितेको छ। तपाईंको नेतृत्वमा देशले सेफल्यान्डिङ पाएको छ। यसैमा खुसी छु। यति महत्त्वपूर्ण इतिहासको घडीमा मैले पनि केही समय यस सरकारमा रहेर काम गर्न पाएँ। अब संसदमा नभए पनि बाहिरै बसेर देशका निम्ति काम गर्छु।”