नेपाली कम्युनिस्ट पार्टीका प्रचण्डले १० हजार २४० मत ल्याएर विजयी भएका छन्। कुल १९ हजार १८८ मत खसेको यस क्षेत्रमा उनका प्रतिस्पर्धीहरू एमालेका लीलामणि गौतम र कांग्रेसकी कुसुमदेवी थापाले समान ३ हजार ८१ मत प्राप्त गरेका छन् भने रास्वपाका लखन कुमार थापा ८१९ मत ल्याएका थिए।
पूर्वी रुकुम रोजेका प्रचन्डले ‘रास्वपा’ र ‘स्वतन्त्र’ उम्मेदवारहरूको कडा चुनौती रहे पनि माओवादी आधार इलाका मानिने उक्त क्षेत्रमा आफ्नो सङ्गठनात्मक पकडलाई जोगाउन सफल भएका छन् ।
रुकुम पूर्वबाट प्रचण्ड १० हजार २४० मत ल्याइ विजयी
