विज्ञान तथा प्रविधि अध्ययन संस्थान केन्द्रीय प्रविधि क्याम्पस, घरानले फागुन ६ र ७ गते सम्पूर्ण शैक्षिक तथा प्रशासनिक कामकाज बन्द रहने व्यहोरा सार्वजनिक गरेको छ।
त्रि.वि.को स्वीकृत विदा तालिका अनुसार यही २०८२ साल फागुन ३ गते आइतबारको दिन महाशिवरात्री क्रमशः फागुन ६ गते बुधबारको दिन ग्याल्पो ल्होसार र ७ गते बिहिबारको दिन प्रजातन्त्र दिवस पर्न गएको हुदाँ उक्त दिनहरूमा क्याम्पसको सम्पूर्ण शैक्षिक तथा प्रशासनिक काम काज बन्द रहने व्यहोरा सार्वजनिक गरेको हो । शिक्षक, कर्मचारी तथा विद्यार्थी वर्ग एवं सम्बन्धित सबैको जानकारीका लागि क्याम्पसमा सूचना प्रकाशित गरिएको छ । तर, पूर्व प्रकाशित सूचना बमोजिम तोकिएको परीक्षाहरू भने यथावत सञ्चालन हुने जनाइएको छ।

फागुन ६ र ७ गते सम्पूर्ण शैक्षिक तथा प्रशासनिक कामकाज बन्द रहने
