कृष्ण हरि बूढाथोकीले दिए मतदातालाई कृतज्ञता तथा धन्यवाद

हार्दिक कृतज्ञता तथा धन्यवाद…!!
२०८२ साल फाल्गुण २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रामेछाप जिल्लाबाट मलाई विजयी बनाउँदै ठूलो विश्वास र जिम्मेवारी प्रदान गर्नुहुने सम्पूर्ण आदरणीय मतदाता महानुभावहरूमा म हृदयदेखि नै हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछु।
यो विजय केवल मेरो व्यक्तिगत विजय होइन, यो रामेछापको परिवर्तन, सुशासन र समृद्धि एबम् देशको समग्र विकास तथा समृद्धिको चाहना राख्ने सम्पूर्ण नागरिकहरूको साझा विजय हो। लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाई आफ्नो अमूल्य मतमार्फत परिवर्तनको पक्षमा उभिनुहुने रामेछापवासी दाजुभाइ तथा दिदीबहिनीहरू सबैप्रति म गहिरो आभार प्रकट गर्दछु।
यस निर्वाचन अभियानका क्रममा निरन्तर साथ, सहयोग र समर्थन गर्नुहुने राष्ट्रिय स्वतन्त्र पार्टीका आदरणीय नेतृत्व, समर्पित नेता–कार्यकर्ता, शुभेच्छुक, साथीभाइ तथा इष्टमित्रहरूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै, निर्वाचनलाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन दिनरात खटिनुहुने निर्वाचन आयोगका कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूलाई पनि हार्दिक सम्मानसहित धन्यवाद ज्ञापन गर्दछु।
तपाईंहरूले ममाथि राख्नुभएको विश्वास, माया र अपेक्षालाई मैले ठूलो जिम्मेवारीको रूपमा लिएको छु। अबको दिनमा म रामेछापको समग्र विकास, प्रभावकारी जनसेवा, पारदर्शी शासन प्रणाली र समृद्ध नेपालको निर्माणका लागि इमानदारी, निष्ठा र समर्पणका साथ निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।
रामेछापको आवाज संसदमा सशक्त रूपमा उठाउने, यहाँका सम्भावना र स्रोत–साधनलाई विकास र समृद्धिमा रूपान्तरण गर्ने तथा सबै नागरिकको सम्मान र सहभागितामा आधारित विकासको यात्रा अघि बढाउने मेरो दृढ संकल्प रहनेछ।
पुनः एकपटक सम्पूर्ण रामेछापवासी तथा सहयोगी सबैमा हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गर्दछु।

डा. कृष्णहरि बुढाथोकी
प्रतिनिधि सभा सदस्य, रामेछाप