श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले गरे महायज्ञ उदघाटन

ललितपुर । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले मामामघर अनाथालय सञ्चालनका लागि बुधबार विराट महायज्ञ उदघाटन गरेका छन् । ललितपुरको गोदावरी नगरपालिका वडा नं. १४ बाँडेगाउँमा भन्डारीले महायज्ञ उदघाटन गरेका हुन् । महायज्ञको उदघाटन गर्दै मन्त्री भण्डारीले पवित्र उद्देश्यका साथ सुरु भएको विराट महायज्ञको सफललाको शुभकामना व्यक्त गरे । उनले भने,“मामाघर अनाथालय निर्माणका लागि गरिएको यो महायज्ञ महत्वपूर्ण छ । असाध्यै राम्रो काम छ । जसले बालबालिकाको लागि केही न केही संरक्षण गर्छ । यसको सफलताको कामना गर्दछु । मेरो पनि केही योगदान रहोस् भनेर स्वगीय माता इन्दु सिंह भण्डारीको नामबाट एक लाख एक हजार रुपैंयाँ सहयोग गर्न चाहान्छु ।”

मामाघर अनाथालयका अध्यक्ष बालयोगेश्वोर बिजयमूर्तीजी महाराजले महायज्ञमा सकलित रकमबाट गोदावरी नगरपालिका वडा १४ बाँडेगाउँमा सञ्चालनमा रहेको अनाथाश्रमको व्यवस्थापनका लागि उपयोग हुने बताएका छन् ।मूर्तीजीले भने, “अब निर्माण गरिने आश्रमका संरचनामा देशभरका अनाथ बालबालिकाहरूको लागि नेपालकै नमुना अनाथ आश्रम, वृहत आध्यात्मिक केन्द्र, प्राकृतिक चिकित्सालय, योग तथा ध्यान केन्द्र, अन्न क्षेत्र, धर्मशाला, सत्सङ्ग भवन, पुस्तकालय, खेल मैदान, सन्त निवास, प्रवचन हल, गौशाला आदि निर्माण गरिने छ ।
निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने उद्देश्यले गोदावरी धार्मिक तथा साँस्कृतिक महामहोत्सव एवं ऐतिहासिक श्रीमद् भागवत विराट ज्ञान महायज्ञ सञ्चालन गरिएको हो ।

महायज्ञको प्रमुख संरक्षकमा गोदावरी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष सानुराज घिमिरे तथा सहसंरक्षकमा वडा नं. १४ का अध्यक्ष निरोज बज्राचार्य रहेका छन् । महायज्ञ भदौ ३० गतेसम्म चल्नेछ ।