चाँदनी स्कुलले पायो साइन्स एक्जिभिसनको अन्तराष्ट्रिय पहिलो पुरस्कार

इन्जिनियरिङ भ्लग आयोजक रहेको र अर्विड कलेजमा भएको फस्ट इन्टरनेशनल एक्जीबिसनमा चाँदनी स्कुलले प्रथम स्थान प्राप्त गरेको छ ।मंसीर २१,२२ र२३ गते भएको सो एक्जीबिसन प्रतियोगितामा चाँदनी स्कुलले प्रथम स्थान प्राप्त गरेको हो । उपत्यकामा रहेका करी ३० वटा स्कुल कलेजका प्रतियोगीलाई पछि पार्दै चाँदनी स्कुलले प्रथम स्थान प्राप्त गरेको थियो ।रकेट, वातावरण सर्कलमा गाउँ सहरको दृश्य सहित पुलको पनि दृश्य चाँदनी स्कुलका विद्यार्थीले देखाएका थियो । चाँदनी स्कुलका विद्यार्थीहरु कक्षा आठबाट जेनिसा तामाङ र इजिना व्यञ्जनकार प्रतियोगी थिए भने कक्षा ९ बाट एलिसा तामाङ र अप्रिता राईले प्रतियोगितामा सहभागिता जनाएका थिए ।